नेपालगन्ज उद्योग वाणिज्य संघको मतदान जारी (फोटो फिचर)

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनमा शनिबार बिहानैदेखि मतदान जारी छ ।
नेपालगन्ज रंगशाला परिसरमा बिहान सवा ८ बजेदेखि मतदान जारी रहेको निर्वाचन अधिकृत माधवकुमार शर्माले जानकारी दिए । संघको निर्वाचनमा साधारणतर्फ चार हजार सात सय २२, एशोेसियट सदस्य १८२ र सम्बद्ध सदस्यमा २९ मत गरी चार हजार नौ सय ३३ मतदाता रहेका छन् । निर्वाचनमा टंकबहादुर धामीको समावेशी, ललितकुमार रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक प्यानल र स्वतन्त्र तीन गरी ४४ जना उम्मेदवार छन् ।