संघको निर्वाचनमा ८४ प्रतिशत मतदान, हरेक बुथमा औसत ६४ जनाका दरले ७९० मतदानमा आएनन् (सूचीसहित)

सम्बद्ध सदस्यमा २९ मत मध्ये शत्प्रतिशत मत खसेको छ

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा ८४ प्रतिशत मतदान भएको छ ।
संघको निर्वाचन अधिकृत माधवप्रसाद शर्माका अनुसार नेपालगन्ज रंगशालाको कबर्ड हलमा शनिबार बिहानदेखि साँझसम्म सम्पन्न मतदानमा कूल चार हजार ९२२ मतमध्ये चार हजार १३२ मत मात्र खसेको हो । जुन कूल मतदातामध्ये ८३.९४ प्रतिशत मत खसेको हो ।

संघको निर्वाचनमा सम्बद्ध सदस्यको सबैभन्दा कम २९ मत मात्र थियो । यो मत शत्प्रतिशत खसेको छ । त्यसैगरी एशोसियट सदस्यको १८२ मतमध्ये १६ मत कम खसेर १६६ मत मात्र खस्यो । साधारण सदस्यतर्फ चार हजार ७११ मत रहेकोमा ५६३ कम मत खस्यो ।

सम्बद्ध र एशोसियटलाई एउटै बुथसहित १३ बुथमा भएको हरेक बुथमा औसत ६४ मत कम खसेको छ । बुथ नं. ३ मा ७३, बुथ नं. ४ मा ७६ र बुथ नं. ९ मा ७७ मत खसेन ।

मतगणना भने आइतबार बिहान ८ बजेदेखि नेपालगन्ज रंगशाला परिसरमै सुरु हुने निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।

संघको निर्वाचनमा समावेशी प्यानलबाट टंकबहादुर धामी र साझा प्रजातान्त्रिक प्यानलबाट ललितकुमार रौनियारको प्यानलबीच प्रतिष्पर्धा भइरहेको छ । तीन स्वतन्त्रसहित ४४ जना उम्मेदवार छन् ।