चूरे पूर्वविद्यार्थी परिवारद्वारा तिज विशेष कार्यक्रम आयोजना

काठमाडौं : चूरे पूर्वविद्यार्थी परिवारले विगतमा जस्तै यो वर्ष पनि काठमाडौंमा तिज विशेष कार्यक्रम आयोजना गरेको छ ।

चुरे माध्यमिक विद्यालय बगनाहाका पूर्व शिक्षक ध्रुवबहादुर शाह र पूर्वशिक्षिका दुर्गा जोशीको उपस्थितिमा तिज विशेष कार्यक्रम आयोजना गरिएको हो । चूरे पूर्वविद्यार्थी परिवारका सचिव प्रेम थापाका अनुसार चूरेका पूर्वविद्यार्थी तथा कलाकार योगमाया घर्तीले तिजका गीत गाएर महौल संगीतमय बनेको थियो । चूरेका शिक्षक र पूर्वविद्यार्थी तिजका गीतमा नाचेका थिए ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको चूरे माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले काठमाडौंमा चूरे पूर्वविद्यार्थी परिवार गठन गरेर संगठित भइ सामाजिक, सांस्कृतिक र सेवाका कामहरु गरिरहेका छन् । परिवारले हरेक वर्ष तिज र नयाँ वर्षमा विशेष कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।