दुई महिलासहित ३२ जनाद्वारा रक्तदान

नेपालगन्ज : जनमत अर्द्ध साप्ताहिकको ५७औं त्रैमासिक रक्तदान श्रृङ्खलामा ३२ जनाले रक्तदान गरेका छन् । भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, विद्यार्थी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत ३० पुरुष र दुई महिलाले रक्तदान गरेका हुन् ।

नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा जनमत अद्र्धसाप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुके र अवधी पत्रकार संघ बाँकेका अध्यक्ष प्रह्लाद विश्वकर्माले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक होमराज गिरीलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।
रक्तदान कार्यक्रमका संयोजक पत्रकार पवन जायसवालका अनुसार रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके उपाध्यक्षका मनबहादुर केसी (निशान), अन्नपूर्ण पोष्ट दैनिकका उपसम्पादक तथा मेरो खुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार सेवी माधवराम वर्मा, नियमित रक्तदाताहरु सेन्ट थोमस हाइस्कुलकी निमित्त प्रिन्सिपल स्वेता बज्राचार्य, पत्रकार चन्द्रेश्वरराज त्रिपाठी, योग प्रशिक्षक कञ्चन बिसी, नीरजमान श्रेष्ठ, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, गौतमप्रसाद पौडेलले रक्तदान गरेका थिए ।
त्यसैगरी दिनेशकुमार तमोली, पप्पुकुमार तमोली, घनश्याम कौशल, प्रशान्त तिवारी, धर्मेन्द्र सिंह, जियालाल धोबी, सञ्जय बढई, धर्मेन्द्र सिंह, जानकी गाउँपालिका वार्ड नं.–५ का पूर्ववडाध्यक्ष रमेशकुमार वर्मा, जवाहरलाल वर्मा, राजेशकुमार वर्मा, शिक्षक देवेन्द्रकुमार यादव, अशोक मौर्य, राधेश्याम अहिर, तिरथराम कुम्हार, कुलराज कुर्मी, वसन्तकुमार श्रेष्ठ, अफजल खान, ललितराम चौधरी, विवेक थारु, गोविन्द सोनी, डम्बर थापाले रक्तदान गरेका थिए ।
सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सुनिल थापा मगर, सोमप्रसाद सापकोटा, होमराज गिरी, सञ्जय बढही, सुनिता कुमाई, प्रशान्त तिवारी, ज्ञानुराज बिसी, हिक्मत नेपाली, केशर सिंह डाँगीले प्राविधिक सहयोग, आकाश जायसवाल र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्माले रक्तदान कार्यक्रममा सक्रिय सहयोग गरेका थिए ।
जनमतले २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको त्रैमासिक रक्तदान कार्यक्रमको ५७औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्ट भन्दा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।