एसओएसका किशोरकिशोरी शैक्षिक लक्ष्यबारे स्पष्ट

नेपालगन्ज : एसओएसको संरक्षण र अभिभावकत्वमा रहेका किशोरकिशोरी आफ्नो शैक्षिक लक्ष्य र करियरबारे स्पष्ट छन् । एसओएस युवालय नेपालगन्जले शनिबार नेपालगन्जमा आयोजना गरेको व्यवसायिक तालिमबारे अभिमुखीकरण कार्यक्रममा किशोरकिशोरीहरुले आफूले पढ्ने विषय र शैक्षिक लक्ष्यबारे स्पष्ट खाका प्रस्तुत गरेका हुन् ।

तालिममा सहभागी भएका २३ जना किशोरकिशोरीमध्ये विज्ञान पढ्नेले आइटी इन्जिनियर, नर्स, व्यवस्थापन पढिरहेकाहरु होटल म्यानेजमेन्ट, कुक, केहीले नेत्र सहायक, कानुन, फार्मेसी, शिक्षा पढेका शिक्षक, नेपाली सेना बन्ने लक्ष्य सुनाएका थिए ।

तालिममा अन्नपूर्ण पोस्ट्का उपसम्पादक र मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनालले सञ्चार, शिक्षा र अवसर, सफलताका सुत्रका विषयमा सहजीकरण गरेको एसओएस युवालयकी मीना तुलाधरले जानकारी दिइन् ।

तालिममा सहभागीले भविष्यको लक्ष्य अनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।