विश्वभरका मुस्लिम समुदायले आज ‘मोहम्मद डे’ मनाउँदै, नेपालगन्जमा बिहानैदेखि -याली

नेपालगन्ज : इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९८औं जन्मोत्सव अर्थात ‘मोहम्मद डे’ बिहीबार नेपालसहित विश्वभरका मुस्लिम समुदायले मनाउँदैछन् ।
अरब देशको मक्का शहरमा बनु हाशिम खानदानमा हजरत अब्दुल मुत्तलिबको घरमा बुवा हजरत अब्दुल्लाह र आमा हजरत अमिना रदिउल्लाह ताला अन्हुमाको कोखबाट २२ अप्रिल ५७१ इस्वीमा हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको थियो । मोहम्मदको जन्म दिनलाई संसारभरका मुस्लिम धर्मावलम्बीहरुले मोहम्मद–डेको रुपमा मनाउने गर्छन् । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ ।


मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । बाँकेको नेपालगन्ज लगायत जिल्लाका मुस्लिम बसोबास भएका क्षेत्रमा बिहीबार बिहानैदेखि लाउडस्पिकरसहित ¥याली निस्किरहेका छन् । दिनभर नै उत्सवको रुपमा -याली निकालिन्छ ।