कोहलपुर नगरका स्वास्थ्य प्रमुख ठकुरीले पत्रकारलाई धम्की दिएपछि…

पत्रकार प्रमोद रिजाल

नेपालगन्ज : कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले पत्रकार प्रमोद रिजाललाई धम्की दिएका छन् ।
रिजाल कार्यकारी सम्पादक रहेको कोेहलपुर टाइम्स डटकमका अनुसार प्रमुख ठकुरीले अश्लील गाली गलौज गर्दै धम्की दिएका हुन् । अनलाइनले बिहीबार कोहलपुर नगर अस्पतालमा छैन सिटामोल, ल्याब मेसिन समेत बेकामे शीर्षकको समाचार प्रकाशित गरेको थियो । समाचारकै विषयलाई लिएर प्रमुख ठकुरीले आमा चकारी र समाचारमा लेख्नै नमिल्ने अश्लील शब्द प्रयोग गरेको अनलाइनको समाचारमा उल्लेख छ ।
सम्पादकीय स्वतन्त्रता अनुसार प्रकाशित समाचारको जिम्मा सम्पादकले लिन्छन् । पत्रकार आचार संहिता अनुसार समाचारमा चित्त नबुझे मिडियामा लिखित रुपमा पत्राचार गर्न सकिन्छ । पत्रमार्फत जानकारी गराउँदा पनि गल्ती नसच्चाएको खण्डमा प्रेस काउन्सिल नेपालमा मिडियाविरुद्ध उजुरी दिन सकिन्छ तर स्वास्थ्य शाखा प्रमुख ठकुरीले गरेको कार्य प्रेस स्वतन्त्रता विरोधी कार्य भएको भन्दै बाँकेका मिडिया सम्बद्ध संघसंगठनहरुले विज्ञप्ती प्रकाशित गरेर विरोध गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी नेपालका बाँके अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य र प्रेस युनियन बाँकेका सचिव भीष्म लोधद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको निन्दा र भत्र्सना गर्दै गाली बेइज्जती गर्ने कर्मचारीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।

पत्रकारका संघ संस्थाका यस्ता छन् विज्ञप्ती :