नेपालगन्जमा फेरि सदभाव -याली निकालिने

नेपालगन्ज : शान्ति र सद्भावका लागि नेपालगन्जमा फेरि सद्भाव -याली निकालिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार डाकेको सर्वदलीय/सर्वपक्षीय बैठकले जारी कफ्र्यूको दायरा खुकुलो बनाउने र सद्भाव -याली निकाल्ने निर्णय भएको हो । यसअघि मंगलबार बिहान पनि सद्भाव -याली निकालिएको थियो ।
त्यसैगरी बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने जस्ता कानुन विपरितका कार्य गर्र्ने कुनै पनि व्यक्तिहरुलाई तत्काल कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी नेपालगन्ज क्षेत्रमा हाल जारी रहेको कफ्यू आदेश क्रमशः खुकुलो बनाउँदैै लगी क्रमशः पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकमा प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणा, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलगायत विभिन्न दलका जिल्ला नेतृत्व, नागरिक, धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।