विद्युतीकरणको काम तिब्र रुपमा गर्न सांसद नमुनाद्वारा दवाब

नेपालगन्ज : लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बाँकेका राप्तीसोनारीमा जारी विद्युत विस्तारको काम समयमै सम्पन्न गर्न विद्युत प्राधिकरणलाई दवाब दिएकी छन् ।

आगामी मंसिरसम्म सम्झौता रहेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ४ का गुर्दनगौरी, महेशपुरलगायतका गाउँमा विद्युत विस्तारको काममा ढिलाइ भएको भन्दै सांसद नमुनाले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेलाई विद्युतीकरणका सामान उपलब्ध गराउन पत्राचार गरेर माग गरेकी हुन् । गत वर्षको फागुन २५ मा आयुश निर्माण सेवा कम्पनीले तीन करोड २४ लाख रुपैयाँको सम्झौता गरेकोमा काममा ढिलाइ भएर लक्ष्य अनुसार काम सम्पन्न हुने सम्भावना छैन ।