भारत सरकारद्वारा हुम्लाका दुई समुदायिक विद्यालयलाई सहयोग

नेपालगन्ज : भारत सरकारले हुम्ला जिल्लाका दुर्गम क्षेत्रमा रहेका दुई विद्यालयलाई सहयोग गरेको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारतले हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय भवन र चंखेली गाउँपालिकामा रहेको महादेव माध्यमिक विद्यालयका लागि विज्ञान प्रयोगशाला र पुस्तकालय भवनमा पाँच करोड ५२ लाख रुपैयाँको सहयोग गरेको हो ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले मंगलबार विद्यालय भवन उद्घाटन र सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको सहभागिता रहेको थियो ।