नेपालगन्जको घरबारी टोलमा बाँदर आतंक (फोटो फिचर)

अन्जना धिताल । नेपालगन्ज
बाँकेको नेपालगन्ज नगरभित्र बाँदरको आतंक बढिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ घरबारीटोलमा विगत केही महिनादेखि सानो बच्चासहितका रातो बाँदरहरुले सास्ती दिएका हुन् ।

बाँदरले घर, होटल तथा भान्सामा पसेर अन्न खाने, गमलामा राखेका फूल चुँडेर फाल्ने, भाँडा फुटाउने र धपाउन खोज्दा आक्रमण गर्ने गरेको स्थानीय बताउँछन् । बाँदर धपाउँदा धपाउँदा घरवारी टोलवासी हैरान छन् । दिउँसो बाँदरहरु घरका एक छतबाट अर्को छतमा हाम फलिरहेका देखिन्छन् ।