जाजरकोट र रुकुमका १९ भूकम्प पीडितको भेरी अस्पतालमा उपचार (फोटो फिचर)

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा जाजरकोट र रुकुमका १९ जना घाइतेको उपचार भइरहेको छ ।
हेलिकोप्टरबाट ल्याएका बिरामीको भेरी अस्पतालको आपतकालीन कक्षमा राखेर उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये जाजरकोटका १२ र सात जना रुकुमका छन् ।

घाइतेहरुको उपचारमा विशेषज्ञ चिकित्सकसहित अस्पतालका स्वास्थ्यकर्मीहरु बिहानैदेखि तैनाथ गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले थप १० जना घाइतेलाई भेरीमा ल्याउन हेलिकोप्टर उडिसकेको बताए । शुक्रबार मध्यराति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।