जाजरकोट भूकम्प अपडेट : १३८ जनाको मृत्यु पुष्टि

नेपालगन्ज : जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी १३८ जनाको मृत्यु पृष्टि भएको छ ।
शुक्रबार मध्यराति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्पबाट जाजरकोट ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु पुष्टि भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआइजी भीमप्रसाद ढकाललाई उदृढ गर्दै सुर्खेतका पत्रकार विस्नप्रसाद न्यौपानेले जानकारी दिए । घाइतेहरुको जिल्लास्थित अस्पताल, वीरेन्द्रनगरको प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पतालमा उपचार भइरहेको छ । भेरी अस्पताला मात्र १९ जना घाइतेकोे उपचार भइरहेको छ ।