नलगाडमा सुध्रियो, नेपाल टेलिकमको नेटवर्क

नलगाड (जाजरकोट)  : जाजरकोटको नलगाड नगरपालिकामा नेपाल टेलिकमको नेटवर्कमा सुधार आएको छ ।
गत शुक्रबार गएको भूकम्पले नगरमा नलगाडका वडा नं. १, ३, ४, ५, ६,, ७, ८ र १२ नंं.का ५४ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाइते भएका थिए । टेलिकमको नेटवर्क कमजोर भएका कारण उद्दार र राहातमा समस्या भएको थियो । मोबाइलको नेटवर्कमा समस्या निकै थियो । कुरा गर्दा गर्दै नेटवर्क जाने गथ्र्यो ।
नेटवर्कमा समस्या भएपछि नेपाल टेलिकमको लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जबाट खटेका प्राविधिक सहायकद्वय धर्मराज न्यौपाने र टंक सापकोटाका साथै कर्णाली प्रदेश कार्यालय सुर्खेतबाट आएका प्राविधिक टोलीले घेत्माको डाँडामा रहेको नेपाल टेलिकमको टावरलाई
प्राविधिक सहायक सापकोटाले भने, ‘हाम्रो अप्टिकल फाइबरमा पास लसको समस्या थियो । थप उपकरण पनि जोड्यौं । टावरका एन्टेनालाई नलगाड नगरपालिकाको प्रशासनीक क्षेत्र दल्लीतिर फर्काएर नेटवर्कमा सुधार गरेका छौं ।’ टेण्ट टाँगर बसेको टेलिकमको टोलीले बुधबार र बिहीबार दुई दिन लगाएर नेटवर्कमा सुधार ल्याउन सफल भएको थियो । दुई दिन लगाएर गरेको प्रयासपछि बिहीबार अपरान्ह चार बजेपछि नेपाल टेलिकमको सेवा सुधार आएको छ । यसअघि टावरका लागि विद्युत आपूर्तिका लागि सोलारको व्यवस्था भएकोमा टेलिकमले २४ घण्टा नै सञ्चालन हुने गरी जेनेरेटरको व्यवस्था गरेको छ । अब विद्युतका कारण पनि नेटवर्क जाने समस्या हट्ने अर्र्का प्राविधिक सहायक धर्मराज न्यौपानेले बताए ।
नलगाडमा दु जी, थ्रीजी र फोरजी सेवा छ । नेटवर्कमा समस्या हुँदा फोरजीले पनि टुजीको काम गर्दैैनथ्यो ।
नलगाडका नगर प्रमुख डम्बरबहादुर रावतले पनि नेपाल टेलिकमको सेवा राम्रो भएको बताए । उनले भने, ‘आज त नेटवर्कले रामो आएको छ । टेलिकमका प्राविधिकहरुले प्लेट फेरेका छौं । अब नेटवर्क राम्रो हुन्छ भनेका छन् । यस्तै राम्रो भए हुन्थ्यो ।’ चार पाँच वर्ष अघि नलगाड क्षेत्रमा टेलिकमले टावर राखे पनि स्थापनाकालदेखि नै नेटवर्क राम्रो नभएको नगर प्रमुख रावतले बताए । नेपाल टेलिकमले नलगाड क्षेत्रमा नेटवर्क राम्रो बनाउन दल्लीमा टावर थप्ने तयारी भइरहेको जनाएको छ ।