प्लान इन्टरनेशनल नेपालद्वारा भूकम्प पीडित ५०० परिवारमा गैरखाद्य सामग्री वितरण

जाजरकोट : प्लान इन्टरनेशनल नेपालले जाजरकोट र रुकुम पश्चिमका ५०० परिवारमा गैरखाद्य सामग्री वितरण सुरु गरेको छ ।
जाजरकोट जिल्लाको नालगड नगरपालिकामा एक सय शिशुहरूका लागि बाल किट (नवजात शिशुका लागि तातो लुगा) पनि समावेश छ । प्लानले प्रभावित क्षेत्रमा आफ्नो आपतकालीन प्रतिकार्य समूहका सदस्यहरूलाई पठाएर स्थानीय सरकारसँगको सहकार्यमा राहत सामग्री वितरण गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाललको राष्ट्रिय निर्देशक, राम किसन भन्छन्, ‘हाम्रो मन जाजरकोट र रुकुमका भुकम्प प्रभावित समुदायसँग छ,र हामी ती प्रभावित समुदायलाई सकेसम्म धेरै सहयोग गरी जीवनलाई सामान्य अवस्थामा फर्काउन संस्था प्रयासरत छ ।’ प्लानले अस्थायी आवास, सफा खानेपानी, खाद्य, संरक्षण, शिक्षा र स्वास्थ्य सेवा सम्बन्धी थप जानकारी जुटाउँदैछ ।