कैलालीमा लैङ्गिक हिंसा र लागुऔषध विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न

 

अन्जना धिताल/ नेपालगन्ज

कैलालीको टिकापुरमा लैङ्गिक हिंसा बिरुद्ध को १६ दिने अभियान अन्तर्गत लागू औषध दुर्व्यसन सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम शान्ति पुर्नस्थापना केन्द्र परामर्शदाता अन्जु कुँवरको स्वागत मन्तव्य सँगै सुरु भएको हो । टिकापुर नगरपालिका वडा न ९ का वडा अध्यक्ष लौटन चौधरीले अध्यक्षता ग्रहण गर्नु भएको थियो भने प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारी रहनु भएको थियो ।

कार्यक्रम टिकापुर नगरपालिका वडा न ९ को आयोजनामा गरिएको थियो भने प्राविधिक सहयोग चाहिँ ईलाका प्रहरी कार्यालय टिकापुरले गरेको थियो । लिङ्गका आधारमा हिंसा गर्न नहुने गरेको पाईएमा कानुन बमोजिम कारबाही गरिने हुदा हिंसा भएको भए प्रहरीमा उजुरि दिनु पर्ने र टिकापुर सिमा नाका संग जोडिएको हुदा यस क्षेत्रमा लागुऔषधको कारोबार र सेवनकर्ता बढेको हुनाले न्युनिकरण गर्नका लागि सबै लाग्नु पर्ने बताउनु भएको थियो । प्रहरीले मात्रै केहि गर्न नसक्ने हुदा आफ्ना बालबालिका कहाँ जान्छ के गर्छ भनी जानकारी लिनु पर्ने कुरा पनि बताउनु भएको थियो । टिकापुर क्षेत्रमा लागुऔषध नियन्त्रण गर्न चुनौति भएको छ । दैनिकरुपमा लागू औषध सहित युवा पक्राउ पर्ने गरेको जानकारी समेत अधिकारीले दिनु भएको थियो ।