‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित मनाईयो एडस दिवस


अन्जना धिताल/नेपालगन्ज
‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासँगै शुक्रबार एडस दिवस मनाएको छ । हरेक वर्ष डिसेम्बर १ मा
दिन यो दिवस मनाइने गरिन्छ ।
एडस सर्बप्रथम २० औँ शताब्दिमा अफ्रिकामा देखिएको भन्ने गरिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी एडस दिवस मनाइने गरिन्छ छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ को अन्त्यसम्म विश्वभर ४ करोड जति मानिसहरु एचआईभी एडसका शिकार भएका छन् ।
नेपालमा विभिन्न ठाउँहरु मध्ये बाँकेमा पनि एडस संक्रमित रहेको पाइन्छ । बाँके जिल्ला स्वास्थ्य निरीक्षक मानव नेपालीका अनुसार बाँके जिल्लामा असारसम्म ५५६ जना  ART (Antiretroviral Therapy)लिने मान्छे रहेका थिए । जसमध्ये ४१२ बाँके जिल्लाकै स्थायी थिए भने १४४ अरु जिल्लबाट उपचारको लागि यहाँ आएका व्यक्ति रहेका थिए ।