बैंकको ज्यादतीविरुद्ध नेतृत्व लिन माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघलाई दुई ज्ञापन पत्र

नेपालगन्ज : आर्थिक मन्दीको बेला बैंक तथा वित्तीय संस्थाले सिर्जना गरेको समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न माग गर्दै शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघलाई दुई वटा छुट्टा छुट्टै ज्ञापन पत्र बुझाइएको छ ।
बाँके अटोमोबाइल्स एशोसियसन बाँकेका अध्यक्ष नरेन्द्रबहादुर ओली र व्यवसायी सरोकार मञ्च बाँकेका संयोजक देवानन्द अर्याल नेतृत्वको टोलीले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुुर धामीलाई शनिबार नेपालगन्जमा ज्ञापन पत्र बुझाएका हुन् ।

दुबै संस्थाले बैंक तथा वित्तीय संस्थाबाट सम्झौता अनुुसारकै ब्याजदर दिनुपर्ने, कोरोनाकालमा लिएको ऋणको ब्याज मिनाहा गर्नुपर्ने, धितो लीलाम गर्दा बैंकले आफ्नो कर्जा रकम र ब्याज कटाएर बाँकी हुन आउने रकम घरजग्गा धनीलाई दिनुपर्ने लगायतका रहेका छन् ज्ञापन पत्र बुझ्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी र नेपाल उद्योग वाणिज्य महासंघका स्ंघले नयाँ वर्षसँगै सिंगलडिजिटमा गर्नुपर्ने लगायत कुरा कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।