सवारी लाइसेन्स र राष्ट्रिय अनुसन्धानको जागिर लगाउने भन्दै ठगी गर्ने दुई पक्राउ

नेपाालगन्ज : सवारी चालक अनुमति पत्र (लाइसेन्स) र राष्ट्रिय अनुसन्धानको जागिर लगाउने भन्दै ठगी गरेको अभियोेगमा प्रहरीले बाँकेमा दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्त डीएसपी नारायण डाँगीका अनुसार लाइसेन्स बनाइदिन्छु भन्दै विभिन्न ब्यक्तिहरुसँग नगद लिएर ठगी गरेAको अभियोगमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ८ का सुरेश चौधरी र राष्ट्रिय अनुसन्धानको जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपालगन्ज २२ नहरपूर्वाका फरद खाँलाई पक्राउ गरिएको हो । खाँले नेपालगन्ज १७ का प्रदीप यादवसँग २६ हजार रुपैयाँ लिएर सरकारी कागजात किर्ते गरेर नक्कली नियुक्ति पत्र दिएर काममा लगाएर तलब नदिएपछि यस्तो भेद खुलेको हो । दुबै जनालाई पक्राउ गरेर प्रहरीेले थप अनुसन्धानग गरिरहेको जनाएको छ ।