साइकल दौडको पुरुषतर्फ थापा र महिलातर्फ थारु प्रथम*

अन्जना धिताल । नेपालगन्ज

नेपालगन्ज साइक्लोथन छैठौं मेयर कप साइकल दौड प्रतियोगितामा पुरुषतर्फ प्रकाश थापा र महिलातर्फ रुपा थारु प्रथम भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा नेपालगन्ज साइक्लिङ क्लबले शुक्रबार नेपालगन्जमा आयोजना गरेको ३३ किलोमिटरको एमटिभी पुरुषतर्फ बुटवलका थापा प्रथम भएका हुन् । काभ्रेका अच्युतकृष्ण खरेल दोश्रो र उदयपुरका निमा शेर्पा तृतीय भए । एमटिभी पुरुषतर्फको साइकल दौडमा १३ जना खेलाडी रहेका थिए ।

२० किलोमिटरको एमटिबी महिला साइकल दौडमा बाँकेको बैजनाथकी रुपा थारु प्रथम भइन् । नेपालगन्जकी एसी श्रेष्ठ दोस्रो र बैजनाथकी रीमा थारु तृतीय भए । प्रतियोगितामा ६ जना महिलाको सहभागिता रहेको थियो ।
त्यसैगरी १० किलोमिटर एमटिबी स्पेसलतर्फ विशेष साइकल दौडमा नेपालगन्जका लक्ष्मीनारायण शाह प्रथम, राजिवविक्रम शाह दोश्रो र डा. बद्री चापागाईं तृतीय भए । त्यस्तै, २० किलोमिटरको पुरुष साधारण साइकलतर्फ राप्तीसोनारीका जुगलाल थारु प्रथम ,राप्तीसोनारीकै रमेशकुमार थारु दोस्रो र डुडुवाका विनोदकुमार यादव तृतीय भए । प्रतियोगितामा ८० जना सहभागी भएका थिए ।

१५ किलोमिटर साधारण साइकल महिलातर्फ बर्दियाकी इन्दिरा थारु प्रथम, राप्तीसोनारीकी मीनाकुमारी थारु दोश्रो र राप्तीसोनारीकै समिता थारु तृतीय भए ।नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, उप–प्रमुख कमरुद्धिन राई, बाँके जिल्ला साइकल संघका अध्यक्ष गगन थापा, क्लबका अध्यक्ष सतिश निरौलालगायतले विजेता खेलाडीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

नेपालगन्जको रामलीला मैदानबाट बुलबुलिया, उदयपुर, ल्याण्डफिल साइट, तेलियनपूर्वा, पुरैना, फुल्टेक्रा, हडियाबाबा मन्दिर हुँदै पुनः रामलीला मैदानको रुटमा साइकल दौड गरिएको थियो । नेपालगन्ज साइक्लोथन २०८० सयौं साइकलेहरुको सहभागिता र  सम्पन्न भएको थियो । प्रतियोगिता शुक्रबार बिहान ७ :३० बाट रामलिला मैदान देखी बुलबुलिया, उदयपुर, डम्पिगं साइड, तेलियनपुर, पुरैना फुलटेक्रा, हडियाबाबा मन्दिर हुदै रामलिला मैदान सम्म रहेको थियो ।* सच्चाइएको