नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेको अध्यक्षमा रानाभाट

नेपालगन्ज : नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेको अध्यक्षमा भीमबहादुर रानाभाट निर्वाचित भएका छन् ।
महासंघ बाँकेको शुक्रबार नेपालगन्जमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले रानाभाटको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति सर्वसम्मत् रुपमा चयन गरेको हो । रानाभाट नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव हुन् । उनी यसअघि महासंघको सचिव थिए ।
महासंघको उपाध्यक्षमा उषा थापा भण्डारी र श्यामसुन्दर अधिकारी, सचिव विष्णु खनाल, कोषाध्यक्ष पिताम्बर मरासिनी, उप सचिवत्रयमा रामचन्द्र तिवारी, शर्मिला खत्री र अनन्तकुमार शाहका साथै सह कोषाध्यक्षमा विष्णुमाया शाही चयन भएका छन् । सदस्यहरुमा भागवतप्रसाद कँडेल, रामप्रसाद पन्थ, तोपबहादुर थापा, केशवराज अधिकारी, चक्रबहादुर केसी, पुण्यप्रसाद तिवारी, भागर्व लम्साल, सरोजकुमार चौधरी, मीनबहादुर मल्ल, डिलाराम पौडेल, पूर्णदेव गिरी, बिष्णु श्रेष्ठ, बुद्धिबहादुर विके दियाली, लक्ष्मीप्रसाद जैसी र डीला शाह निर्र्वाचित भएका छन् । कार्य समितिमा आवश्यकता अनुसार सदस्य संख्या मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष रानाभाटले बताए । महासंघको विधानमा बढीमा ७५ सदस्यीय जिल्ला कार्य समिति रहनसक्ने व्यवस्था छ ।