हजरत बाबा कम्मर शाह मेलामा नेपाली लोक नृत्य प्रतियोगिता हुँदै

रमेशकुमार यादव । कम्दी
बाँकेको हजरत बाबा कम्मर शाहमा मेलामा पहिलो पटक नेपाली लोक नृत्य प्रतियोगिता हुने भएको छ ।
नवदुर्गा युवा क्लबले डुडुवा गाउँपालिकाको वडा नंं. ५ रहेको हजरत बाबा कम्मर शाह मेलामा १६ पुसदेखि डुडुवा गाउँपालिका स्तरीय नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्न लागेको हो ।
नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगितामा ज्ञानदिप मावि डुडुवा ५ डलैपुर, बाँके फ्युचर इ.मि. स्कुल, कोपिला इ.मि. स्कुल, फलोरिड ऐकेडेमी छग्रहवा, गुरुकुल इ.मि. स्कुल कम्दी, जनचेतना किशोरी क्लब छग्रहवा र सगरमाथा इ.मि. स्कुल डुडुवा ६ हिरमिनीयाले सहभागिता जनाएका छन् । आइतबार बिहान ११ बजेसम्म पनि नृत्यका लागि नाम दर्ता गराउन सकिने आयोजकले जनाएको छ ।
मेला समिति अध्यक्ष सगीर खानका अनुसार नृत्य प्रतियोगितामा प्रथम टिमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई पाँच हजार रुपैयाँको पुरस्कार रहेको छ । प्रतियोगितामा सहभागी सबै विद्यालय एवं क्लबलाई प्रमाण पत्र प्रदान गरिने आयोजनकले जनाएको छ । शहरी विकास पूर्वमन्त्री इश्तियाक राईले आइतबार मेलाको उद्घाटन गर्दैछन्