मण्टेश्वरीका १० उत्कृष्ट शिक्षिकालाई सम्मान

नेपालगन्ज : मण्टेश्वरी एशोसिएशन बाँकेले मण्टेश्वरीका १० जना उत्कृष्ट शिक्षिकालाई सम्मान गरेको छ ।
एशोसिएशनको शनिबार बाँकेको डुडुवा गाउँपालिका ५ नानापुरस्थित सिद्धि विनायक लायन्स क्लब पार्कमा आयोजना गरिएको छैंठौं वार्षिकोत्सवमा जिल्लाका १८ वटा मण्टेश्वरी स्कुलमध्ये १० वटा मण्टेश्वरी स्कुलका शिक्षिकाहरुलाई अध्यापन, क्रियाकलापलगायतको आधारमा मण्टेश्वरी एशोसिएशन बाँकेले निर्धारण गरेको मापदण्डको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट शिक्षिकाको रुपमा सम्मान गरिएको हो ।

सम्मानित हुने शिक्षिकाहरुमा नोबेल प्रि मण्टेश्वरी कोहलपुरकी शिक्षिका मीना शर्मा लुइँटेल, लिटिल होराइजन मन्टेश्वरी नेपालगन्जकी शिक्षिका मनदेवी पछाई, खुसीघर मन्टेश्वरी बैजनाथकी शिक्षिका गौरी राना, क्रियटिभ चिल्ड्रेन होम नेपालगन्जकी शिक्षिका ज्योति चौधरी, स्माल हेवन मण्टेश्वरी कोहलपुरकी शिक्षिका रितु मल्ल, ग्रेस मण्टेश्वरी बैजनाथकी शिक्षिका बसन्ती घर्ती, बेवी ब्लुम मण्टेश्वरीकी शिक्षिका उर्मिला चन्द, मोडर्न क्रियटिभ चिल्डे«न नेपालगन्जकी शिक्षिका मेनुका सिंह ठकुरी, द नेपालगन्ज पव्लिक मण्टेश्वरी नेपालगन्जकी शिक्षिका उमा प्रजापति र दोस्रो पाइला मण्टेश्वरी कोहलपुरकी शिक्षिका खगीसरा शाही रहेका छन् । सम्मानित शिक्षिकाहरुलाई एशोसिएशनका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले कदर पत्रसहित सम्मान गरेका थिए ।

एशोसिएशनकी अध्यक्ष दुर्गा बजगाईको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा एशोसिएसनका उपाध्यक्ष प्रभा थापा मगरले स्वागत मन्तव्य र मण्टेश्वरी एशोसिएशन बाँकेकी संस्थापक अध्यक्ष लुना बुढाथोकी, सम्मानित भएका उत्कृष्ट शिक्षिकामध्येमा नोवेल प्रि मण्टेश्वरी कोहलपुरकी शिक्षिका मीना शर्मा लुइँटेल, स्माल हयावेन मण्टेश्वरी कोहलपुरकी शिक्षिका रितु मल्ल, बेवी ब्लुम मण्टेश्वरीकी शिक्षिका उर्मिला चन्द, खुशी घर मन्टेश्वरी बैजनाथकी शिक्षिका गौरी रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वार्षिकोत्सवको अवसरमा वनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो । ‘बालबालिकाको पहिलो प्राथमिकता मण्टेश्वरी विधिमा केन्द्रित गराउनु हो’ भन्ने मूल नाराका साथ मण्टेश्वरी पद्दतिको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले २१ पुस २०७४ मा मण्टेश्वरी एशोसिएशन बाँके गठन गरिएको थियो ।