लायन्सको एकैदिन ८ सेवाका काम

नेपालगन्ज : लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४५औ जन्मोत्सवको अवसरमा बाँके र बर्दियाका लायन्स क्लबहरुले साताव्यापी कार्यक्रम शुभारम्भ गरेका छन् ।
लायन्स क्लब अफ नेपालगन्ज न्यूरोडले आइतबार बिहान बागेश्वरी मन्दिरमा सरसफाइ कार्यक्रम गरेको थियो । मल्टिपल डाइबेटिज कोर्डिनेटर शेमराज शाक्यले बागेश्वरी मन्दिरमा सरसफाइको शुभारम्भ गरेका थिए । क्लब अध्यक्ष बिष्णु कँडेलका अनुसार लायन्सकर्मीले बागेश्वरी परिसरमा सफाइ गरेका थिए ।

त्यसैगरी क्लव अफ नेपालगन्ज युनिटीले नीलसागर सेवा आश्रममा सहयोग गरेको थियो । पीडीजी लायन्स मधुसुधन शर्माका प्रमुख अतिथि रहेको कार्यक्रममा नीलसागरमा रहेका बृद्धबृद्धा, अनाथ बालबालिकाहरुलाई आवश्यक फस्ट एड किड्स सहयोग र उनीको सरसफा (हात, गोडा धुलाइ, नङ्ग काट्ने, तेल लगाउने काम गरिएको क्लबका अध्यक्ष रुपा ओझाले जानकारी दिइन् ।

त्यसैगरी लायन्स क्लब अफ नेपालगन्ज पश्चशीलले कालीमाता मन्दिरमा हेण्डपम्प सहयोग गरेको छ । क्लबका अध्यक्ष केवलकुमार शाक्यका अनुसार कालीमाता मन्दिरका पूजारीलाई हेण्डपम्प हस्तान्तरण गरिएको हो ।

त्यस्तै लायन्स क्लब अफ नेपालगन्ज वाटरपार्कले मानव सेवा आश्रममा ५५ जना आश्रितहरुलाई एक छाक बिहानको खाना खुवाएको क्लबका अध्यक्ष पिंकि शाहले बताइन् ।
१४५औं मेल्बिन जोन्स डे सेलिब्रेसन कार्यक्रम संयोजक सरिता शाक्यका अनुसार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नं.४ बाँके र बर्दियाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा पुस २२ गतेदेखि २८ गतेसम्म गरिब र विपन्नहरुलाई मध्येनजर गरेर महिलाको क्यान्सर सम्बन्धी परीक्षण, न्यानो कपडा वितरण, स्वास्थ्य शिविर (आँखा, कान, घाटी, मधुमेह, दन्त, एचआइभी), खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, सर्जिकल र औषधी वितरण, सरसफाइ, रक्तदान, वृक्षारोपण, फेलोसिप आदि सप्ताहव्यापी सामाजिक सेवाका कार्यक्रमको गरिनेछ ।
विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको जन्म सन् १३ जनवरी १८७९ मा भएको हो । लायन्स क्लब इन्टरनेशनलमा १४ लाख बढि सदस्यहरु आबद्ध छन् । १०५ वर्षदेखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन १९७१ सालदेखि नेपालमा पनि क्रियाशिल छ र नेपालमा करिब ५० हजार सदस्यहरु लायन्स क्लब इन्टरनेशनलमा आबद्ध छन् ।