नेपालगन्जमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुँदै

नेपालगन्ज : बाँकेको नेपालगन्जमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
बाँके जिल्ला ब्याडमिन्टन संघले बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष संजय थापाले आगामी माघ ११–१३ सम्म नेपालगन्ज रंगशाला कबर्ड हलमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने बताए । प्रतियोगितामा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल र ४५ प्लस भेट्रान्स डबल्सका इभेन्टहरु हुनेछन् । प्रतियोगितामा देशभरीबाट १५० जना खेलाडी सहभागी हुने संघका बरिष्ठ उपाध्यक्ष मीनबहादुर मल्लले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक लुम्बिनी प्रदेश खेलकुद परिषद् रहेको छ ।