बहुमत सदस्यको बहिस्कारपछि डुडुवा गाउँपालिकाको १५औं गाउँसभा स्थागित

रमेशकुमार यादव । डुडुवा
बाँकेको डुडुवा गाउँपलिकामा बहुमत सदस्यले बहिस्कार गरेपछि गाउँपालिकाको १५औं गाउँसभा स्थागित भएको छ । १८ जना अनुपस्थित र १५ जना मात्र उपस्थित भएका थिए । वडा नं. १ का १ जना, वडा नं. २ का ५ जना, वडा नं. ३ का २ जना, वडा नंं. ४ का एक जना, वडा नं. ५ का ४ जना र वडा नंं. ६ का ४ जना र एक जना कार्यपालिका सदस्य गरी १८ जनाले बहिस्कार गरेका हुन् ।
वडा नं. ६ का वडाध्यक्ष मोहन मिश्रले स्थानीय सरकार ऐन २०७४ अनुसार सभा सञ्चालन गर्न सात दिन अघि नै प्रत्येक सदस्यलाई प्रस्तावसहितको पत्रमार्फत सूचना गर्नुपर्ने ब्यवस्था भए पनि आफूलाई कुनै लिखित सूचना नगरेकाले अनुपस्थित भएको बताए ।
गणपूरक संख्या नपुगेपछि बिहीबारका लाडि डाकिएको सभा स्थागित भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीरबहादुर सेजुवालले सूचना टाँस गरि सभा गणपूरक संख्या अपुग भएमा स्थागित भएको बताएका छन् । अर्को सूचना नभएसम्म बैठक स्थगित भएको हो ।