वक्तृत्वकला प्रतियोगितामा कार्की प्रथम

नेपालगन्ज : सुशासन सम्बन्धी वक्तृत्वकला प्रतियोगितामा कृष्ण कार्की प्रथम भएका छन् । बास नेपालको साप्ताहिक युवा लक्षित कार्यक्रम इन्स्पाइरिंग युथको २८९औं श्रृंखलामा आयोजित सुशासनका लागि हाम्रो भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा कार्कीले प्रथम स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा सन्तोष बिष्ट दोस्रो, बिष्णु विश्वकर्मा तेस्रो र दिपिका देवकोटाले सान्तवना पुरस्कार जितिन् । विजेतालाई प्रतियोगिताका निर्णायक बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार वर्मा, सचिव दिला शाह, पूर्वअध्यक्ष मन भण्डारी, निमित्त कार्यकारी निर्देशक हेमराज भट्ट र बासका केन्द्रीय सदस्य तपेन्द्र मलातीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा १३ जनाले भाग लिएका थिए ।