टुर दी ठाकुरद्वारामा २०० साइकलयात्री सहभागी हुँदै

नेपालगन्ज : नेपालगन्ज साईक्लिङ क्लबले यो वर्षको टुर दी ठाकुरद्वारा छठौं साइकल यात्रामा दुईसय बढी साइकलयात्री सहभागी हुने भएका छन् ।
आगामी २६ र २७ माघमा हुन गइरहेको साइकल यात्राबारे क्लबले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सतिश निरौलाले साइकल यात्रामा चीन र भारतबाट समेत सहभागिता रहने जानकारी दिए । २६ माघको बिहान नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु हुने साइकल यात्रा बाँके र बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय स्थल पुगेर ठाकुरद्वारा पुग्ने कार्यक्रम रहेको छ । बिहीबार बिहान वाटरपार्कमा किड्स रेस हुने क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताए ।