टीकापुरमा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ७ मा युवासँग मेयर कार्यक्रम अन्त्रगत वडा स्तरीय खुल्ला फुटबल प्रतियोगिता शनिबारदेखि सत्ती खेलकुद मैदानमा सुरु भएको छ
वडा स्तरीय खेलकुद समितिका संयोजक महेश रावलको सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा न ६ का वडाध्यक्ष बलिराम चौधरी , वडा न ४ का वडाध्यक्ष लालवीर चौधरी , वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने र वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला रहेका थिए ।
प्रमुख अतिथि नगर प्रमुख डगौराले खेलकुद प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउँदै खेलकुद प्रतियोगितामा नगरपालिकाले सधैँ सहयोग गर्ने बताए ।
शनिबारको उद्घाट्न खेलमा टीकापुर नगरपालिका वडा न ७ ए र टीकापुर वडा न ४ ए बीच भएको थियो । प्रतियोगितामा वडा न ७ ले शून्यका विरुद्ध ३ गोल गरेर विजयी भएको छ । टीकापुर नगरपालिका वडा न ७ ए टिमका माधव भण्डारीले खेल सुरु भएको २८ औं मिनेटमा गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने टीकापुर नगरपालिका वडा न ७ कै हेमन्त ठकुल्लाले दोश्रो हाफको २१औं मिनेटमा दोश्रो गोल गरि जितलाई सुनिश्चित गरेका थिए भने पुन २६औैं मिनेटमा पुन अर्को गोल गरि जित गराएका थिए । आइतबार हुने फुटबल प्रतियोगितामा टीकापुर वडा न १ र टीकापुर वडा न ६ का बिच पहिलो प्रतियोगिता हुनेछ । दोस्रो प्रतियोगिता टीकापुर वडा न ५ र टीकापुर वडा न ८ र तेस्रो खेल टीकापुर ७ सि डाडाबाृझी र टीकापुर वडा न ९ बिच हुने आयोजकले जनाएका छन् । खुल्ला वडा स्तरिय फुटबल प्रतियोगितामा बर्दिया जिल्लाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका जोशीपुर गाउँपालिका विभिन्न वडाका २४ वटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगिता २१ गतेसम्म सञ्चालन रहने छ । प्रतियोगितामा विजेता टिमले नगद ५१ हजारसहित ट्रफी मेडल प्रमाण पत्र समेत पाउने छन् भने उप विजेताले नगद ३१ हजारसहित ट्रफी मेडल प्रमाणपत्र पाउने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिट खेलाडीलाई नगद २ हजार ५ सय प्रदान गरिनेछ ।