लायन्स क्लब इनोभेटिभमा खनाल र पञ्चशीलमा कुमाल

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको अध्यक्षमा पत्रकार शंकरप्रसाद खनाल र अर्का पत्रकार रमेशचन्द्र कुमाल लायन्स क्लब अफ नेपालगन्ज पञ्चशीलको अध्यक्ष निर्वाचित भएका छन् । दुबै क्लबको शनिबार नेपालगन्जमा सम्पन्न बैठकले लायन वर्ष २०२४-२०२५ को अध्यक्षमा खनाल र कुमालसहित पदाधिकारी सर्वसम्मत् रुपमा चयन गरेको हो ।

लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको प्रथम उपाध्यक्षमा शोभा श्रेष्ठ, द्वीतिय उपाध्यक्ष मीना तुलाधर, सचिव अमृत थापा र कोषाध्यक्ष शोभा गुरुङलाई सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित टिमलाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्र्कि ३२५ एनका गर्भनर मुकुट ढकाल, फस्ट लेडी मीना सुवेदी ढकाल, डिस्ट्र्कि सेक्रेटरी उमा थापा मगर, क्लबका निवर्तमान अध्यक्ष सुशीला चन्द, पूर्व अध्यक्ष विष्णु खनाललगायतले बधाइ तथा शुभकामना दिएका थिए ।

लायन्स क्लब अफ नेपालगन्ज पञ्चशीलमा प्रथम उपाध्यक्ष ज्योति वाल्मिीकी, द्वीतिय उपाध्यक्ष श्याम अधिकारी, र सचिवमा प्रकाश नेपालीलाई सर्वसम्मत चयन गरेको हो । क्लबको नेतृत्व चयन भए पनि झन्डै दुई महिनापछि मात्र पद हस्तान्तरण गर्ने लायन्समा प्रचलन छ ।