धर्मका नाममा नेपालगन्जको सद्भाव विथोल्ने दुश्मन हुन् : प्रजिअ रिजाल

नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जात र धर्मका नाममा नेपालगन्जको सद्भाव विथोल्नेलाई दुश्मन बताएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघले विहीबार नेपालगन्जमा आयोजना गरेको स्वागत कार्यक्रममा प्रजिअ रिजालले जात र धर्मका नाममा जिल्लाको सामाजिक सद्भाव विथोल्नेविरुद्ध उद्योगी व्यवसायी एक जुट हुनुुपर्र्ने बताए ।

उनले भने, जात वा धर्म वा सम्प्रदायको नाममा सद्भाव विथोल्ने नेपालगन्जका दुश्मन हुन् । तिनका विरुद्ध एक उद्योगी व्यवसायिक एक हुनुपर्छ ।
उद्योगी व्यवसायीको प्रश्नको जवाफमा प्रजिअ रिजालले जमुनाहा नाका भारतीय नाकाभन्दा ढिलो खुल्न आफूूले प्रहरीलाई निर्देशन दिएका थिए । सीमा नाकामा एकैठाउँ मात्र चेकजाँच गर्ने व्यवस्था मिलाइरहेको बताए ।
नेपालगन्ज उद्योग वाणिज्यउ संघका अध्यक्ष टंकबहादुर धामी, संघका निवर्र्तमान अयध्क्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्न प्रहरी प्रसाशनले प्राथमिकतामा राख्नुुपर्ने बताए । कार्यक्रममा संघका महिला उपाधाय मन्दिरा पाण्डेले पनि प्रहरी प्रशासनको ध्यानाकषंण गरेकी थिइन् ।