दैलेखी समाजको स्वास्थ्य शिविरबाट १३० जनाको कान र दाँतको उपचार
नेपालगन्ज : दैलेखी समाज बाँकेले आयोजना गरेको स्वास्थ्य शिविरबाट १३० जनाले स्वास्थ्योपचार सेवा लिएका छन् ।
समाजका बरिष्ठ उपाध्यक्ष डिलबहादुर थापाका अनुसार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा नेपालगन्जसँगको सहकार्यमा ७० जनाले कानको उपचार पाएका हुन् ।
त्यसैगरी बाँके डेन्टल क्लिनिक नेपालगन्जसँगको सहकार्यमा ६० जनाले दाँतको परीक्षण गरेका थिए ।
स्वास्थ्य शिविरमा पूर्ण गिरी तथा दीपकमल फार्मेसी नेपालगन्ज, सत्य मेडिकल्स कोहलपुर, आइकन मेडिसिन डिस्ट्रियुटर्स नेपालगन्ज, वेय टु प्रो प्रालि नेपालगन्ज, क्वेष्ट फर्मास्युटिकल्स प्रा लि. र एस.आर.ड्रग ल्याबोटोरिज प्रालिले स्वास्थ्य शिविरलाई सहयोग गरेका थिए ।
कार्यक्रममा दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरीले स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । * सच्चाइएको