रचना रिमाल र चक्र बम सिद्धार्थको न्यु एयर इभमा आउँदै
नेपालगन्ज : सिद्धार्थ होटल नेपालगन्जले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमसहित न्यु एयर इभमा गायिका रचना रिमाल र गायक चक्र बम आउने भएका छन् ।
नेपालगन्जबासीलाई न्यु एयर इभमा मनोरन्जन प्रदान गर्न सिद्धार्थ होटलले काठमाडांैबाट चर्चित गायकगायिका साथै स्थानीय कलाकारको पनि रोचक प्रस्तुती रहने होटलका मार्केटिङ म्यानेजर नवीन भट्टले जानकारी दिए ।
गायिका रचना रिमालका फोटो फिरिममा, उनको प्रिती, भन साइला, आउ तिमी अंगालोमा, चाहन्छु, तिमीले सोचे भन्दा धेरै, छुट्टै माया पिरिम भन्ने लगायत एक दर्जन भन्दा बढी गीत चर्चित छन् भने गायक चक्र बमका लाल कुर्ती, ओइ काजल, नाच मेरी झुमा, बाडुलकी लाउन्या, बम्बई गइजाने, छम्म छम्म, सौराइ लागी लगायतका एक दर्जन भन्दा बढी डेउढा गीत निकै लोकप्रिय छन् ।
कार्यक्रमलाई सुरुवात गर्नको लागि काठमाडौंबाट ओपनिङ ब्यान्ड निलिमा एण्ड द सुरुवात ब्यान् र समापन गर्न नेपालगन्जबासीलाई नचाउनको लागि डिजे सेडको प्रस्तुति रहनेछ ।
होटेल सिद्धार्थ नेपालगन्जकै सबैभन्दा धेरै रुम भएको चार तारे लक्जरी होटेल हो । सिद्धार्थ गु्रप अन्तर्गत देशभरका विभिन्न स्थानमा होटेल, रिसोट, रेष्टुरेन्ट, क्याफे सहित ३० वटा आउटलेटहरु सञ्चालन गर्दै आएको छ । आगामी दुई महिनाभित्रमा सिद्धार्थ कटेज धनगढी र सिद्धार्थ कटेज योगीकुटी बुटवलसँगै नेपाल बाहिर भारतको बहराइजमा तारे होटल सिद्धार्थले सेवा प्रदान गर्ने भएको छ ।