नेपाल क्षयरोग निवारण संस्था बाँकेको सभापतिमा भण्डारी

नेपालगन्ज : नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको सभापतिमा जनकराम भण्डारी निर्वाचित भएका छन् ।
संस्थाको शनिबार नेपालगन्जमा सम्पन्न २८औं जिल्लासभा तथा अधिवेशनले भण्डारीको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
संस्थाको उप–सभापति रचना श्रेष्ठ, सचिव वसन्त लामिछाने, कोषाध्यक्ष श्यामसुन्दर अधिकारी, र सह–सचिव सन्ध्या शर्मा निर्वाचित भएका छन् । शीला शाह, पूर्णलाल चुके, ज्ञानु श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रहलाद विश्वकर्मा र प्रशान्त श्रेष्ठ सदस्य पदमा निर्वाचित भएका हुन् । पदेन सदस्यमा निर्वतमान सभापति बदरुद्दीन अन्सारी रहेका छन् ।
विधान अनुसार अधिवेशनले स्वास्थ्य विशेषज्ञ स्वास्थ्यकर्मीमा शेमराज शाक्यलाई चयन गरेको छ । त्यसैगरि सल्लाहकारमा शान्ति श्रेष्ठ, डा. ज्ञानकुमार वर्मा, डा. सुभाष योगी, सुन्दरलाल शाक्य, डा. विजय प्रधानलाई मनोनयन गरिएको नवनिर्वाचित सदस्य पूर्णलाल चुकेले जानकारी दिए ।
केन्द्रीय प्रतिनिधिको रुपमा सहभागी संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अरुणप्रताप राणाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।

यसअघि प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा.धवलशम्शेर राणाले अधिवेशनको उद्घाटन गरेका थिए । शाखा अध्यक्ष बदरुद्दीन अन्सारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, संस्थाका केन्द्रीय सदस्य शेमराज शाक्य, पूर्वशाखा अध्यक्षद्वय शान्ति श्रेष्ठ, पूर्णलाल चुकेले अधिवेशनको सफलताको कामना गरेका थिए । अधिवेसनमा शाखा सचिव नरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको वार्षिक र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।