नरैनापुरको निःशुल्क स्वास्थ्य शिविरबाट ५३२ लाभान्वित
नरैनापुर : गोपाल नीना फाउण्डेशनले नरैनापुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५३२ जना लाभान्वित भएका छन् ।
नरैनापुर गाउँपालिका वडा नं.३ मा सम्पन्न उक्त शिविरमा सर्वसाधारण स्वास्थ्य परीक्षण, औषधि र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।
फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिनु भएको जानकारी अनुसार लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविरबाट ५३२ जनाको विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण सहित निःशुल्क आषधि वितरण गरिएको थियो ।
शिविरमा ५९ प्रकारका ओैषधी सहित स्वास्थ्य सेवा लिएको फाउण्डेसनका प्रबन्धक निर्देशक दिलिप गिरिले बताए । निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठ, डा. तृप्ती पाल रमण, डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. ऋषभ श्रीवास्तव, डा. हिमाँशु कर्माचार्यद्वारा सर्वसाधारण गाउँलेहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ प्रमुख अतिथि नरैनापुर गाउँ पालिकाका प्रमुख इश्तियाक अहमद शाहले निःशुल्क शिविर नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका नागेन्द्र कुमार शाह र नविन बुढाथोकी, औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जका टिम लगायत नरैनापुर गाउपालिको स्वास्थ्य शाखा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
गोपाल नीना फाउन्डेसनको मुख्य आयोजना सम्पन्न सो शिविरमा फाउण्डेशनको मेडिकल टिम, नरैनापुर गाउँपालिका, अन्नपूर्ण ग्याष्ट्रो हस्पिटल, संजीवनी मेडिकल कलेज अफ मेडिकल साइन्स, गणेशमान चोक ड्रस स्टोर, सेभेन क्याफे, नेपालगन्ज लार्जको सहकार्य भएको फाउण्डेसन प्रबन्धक निर्देशक दिलिप गिरिले बताए ।
पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपालप्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उनका छोरा वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा फाउण्डेशन स्थापना गरेका छन् । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत छन् ।