वडाको विकासमा लाग्ने नेपालगन्जका युवाको प्रतिबद्धता

नेपालगन्ज : नेपालगन्जका युवाले वडाको विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
युवा सशक्तिकरण कार्यक्रम अन्तरगत नाइस नेपालगन्जले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा बिहीबार आयोजना गरेको युवा नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासन विषयमा एक दिने अभिमुखिकरणमा युवाले प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा सहभागी युवाहरुले वडा स्तरीय युवा क्लबलाई सक्रिय बनाउदै वडाको अभियानमा सहयोग गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सामाजिक कुरितिका विषयमा आवाज प्रवाह गर्ने, नियमित सरसफाई अभियान सञ्चालन गर्ने लगायतका क्रियाकलाप समेटेर कार्ययोजना तयार गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपालगन्ज ९ का वडाध्यक्ष गोविन्द रेग्मीले वडाका युवाहरुको नेतृत्व विकास गरी युवामैत्री स्थानीय शासनबारे जानकारी गराउने, युवा र वडाबिचको समन्वय र सम्बन्धलाई बढावा दिदै वडाको समग्र विकासमा युवा परिचालन गर्ने र युवा क्लबको आगामी कार्ययोजना तयार गर्ने उद्देश्यले अभिमुखिकरण गरिएको बताए ।
गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नमस्कार शाह, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, मन भण्डारी र शोभा थापा मगरले सहजिकरण र युवा उत्प्रेरक खुमेश सुवेदीले उत्प्रेरणा थपेका थिए ।तालिममा वडाका विभिन्न टोलका १८ जना युवाको सहभागी थिए ।