५ लाख भारुसहित २ जना पक्राउ

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध ५ लाख भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।
जिप्रका बाँकेका सूचना अधिकारी एवं प्रवक्ता दीपक पातलीका अनुसार भारतको रुपैडिया नाका हुँदै नेपालतर्फ आउँदै अवस्थामा नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरमा बुधबार लखनऊ उत्तर प्रदेश बस्ने वर्ष ४० को निरज चौरासिया र दाङ पुरन्धाराकी वर्ष २६ की साइना नेपालीलाई पक्राउ गरिएको हो । भारतीय नम्बर प्लेटको सुजुकी गाडी शंका लागी चेकजाँच गर्दा भारतीय रुपैया ५०० का दरको नोट ६०० थान र भारतीय रुपैया २०० दरको नोट एक हजार थान गरी पाँच लाख फेला पारेको हो । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाइएको छ ।