नेपालगन्जका ४ पत्रकारलाई भारतमा सम्मान
नेपालगन्ज : बाँकेका चार जना पत्रकारलाई भारतको बहराइचमा सम्मान गरिएको छ ।
उत्तर प्रदेश मान्यता प्राप्त पत्रकार एशोसिएसनले हिन्दी पत्रकारिता दिवसको अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा नेपालगन्जको रेडियो मोर्निङ स्टारका स्टेसन म्यानेजर डा.डक्टप्रसाद धिताल, गोरखापत्रका संवाददाता सिराज खान, रेडियो नेपाल संवाददाता आलम खान र गुडन्यूज डटकमका संवाददाता सविता चन्द ठकुरीलाई सम्मान गरेको हो ।
हिन्दी पत्रकार एसोसियटका अध्यक्ष अनन्द प्रकाश गुप्ता, प्रेस काउन्सिल अफ इन्डियाका पूर्वसदस्य रजा हुसेन रिजवी, वरिष्ठ महामण्डलेश्वर स्वामी रवि गिरि जी महाराज, उत्तर प्रदेशका विधायक राम निवास वर्मा, विधायक सुभाष त्रिपाठी तथा सदाव हुसेनले संयुक्त रुपमा सम्मान गरेका हुन् । सोही कार्यक्रममा भारतीय पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो ।