आर्ट अफ लिभिङको आनन्द उत्सव नेपालगन्जमा सुरु
नेपालगन्ज : बाँकेको नेपालगन्जमा आनन्द उत्सव कार्यक्रम सुरु भएको छ ।
द आर्ट अफ लिभिङ बाँके जिल्ला समन्वय समिति (डीसीसी)को आयोजनामा ६ दिने आनन्द उत्सव (ह्याप्पिनेस प्रोग्राम) नेपालगन्जको सिद्धार्थ कटेजमा सोमबारदेखि सुरु भएको हो । द आर्ट अफ लिभिङका प्रशिक्षक सुचिता थापा, ऋषि सापकोटा र माला शर्माले सहजीकरण गरिरहेका छन् ।
तनाव रहित मन, रोग मुक्त शरीर र हिंसारहित समाज भन्ने मूल नाराका साथ विश्वभर योग, ध्यान, प्राणायाम, सुदर्शन क्रिया, सेवा र शिक्षाका क्षेत्रमा यो संस्था परिचित छ । स्वयंसेवकमा आधारित विश्वका ठूला संस्थामध्ये आर्ट अफ लिभिङ पनि एक हो ।
आध्यात्मिक गुरु श्री श्री रविशंकरद्वारा स्थापना गरिएको आर्ट अफ लिभिङ फाउण्डेसनका विश्वका १८० देशमा १० हजारभन्दा बढी केन्द्रहरू छन् । आर्ट अफ लिभिङको विश्वभर ८० करोडभन्दा बढीले योग गरिसकेका थिए । फाउन्डेसनले विपद् राहत, गरिबी निवारण, कैदी पुनस्र्थापना, महिला सशक्तिकरण र वातावरणीय दिगोपनसहित विभिन्न मानवीय सेवाका काम गरिरहेका छन् ।