टीकापुरमा प्रहरीद्वारा ४५० लिटर घरेलु मदिरा नष्ट

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली प्रहरीले टीकापुर क्षेत्रबाट ४५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
प्रहरी चौकी सत्तीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक बमबहादुर खडकाको नेतृत्वमा खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा न ७ सत्तीमा स्थानीय स्तरमा उत्पादित घरेलु मदिरा बरामद गरेर नष्ट गरेको हो । सत्ती बजारका होटल, पसलबाट स्थानीय स्तरमा उत्पादित घरेलु मदिरा र मदिरा उत्पादनका लागि राखिएको कच्चा पदार्थ गरि ४५० लिटर बरामद गरिएको प्रहरी चौकीका प्रमुख खड्काले जानकारी दिए । बरामद गरिएको मदिरा तथा कच्चा पदार्थ स्थानीय बुद्धिजीवी ,जनप्रतिनिधिको रोहवरमा नष्ट समेत गरिएको थियो ।