द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेको अध्यक्षमा खरेल

नेपालगन्ज : द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेको अध्यक्षमा बिन्दा खरेल निर्वाचित भएकी छन् । सञ्जालको नेपालगन्जमा सम्पन्न एघारौँ साधारण सभा तथा पाँचौं अधिवेशनले खरेलको नेतृृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । सञ्जालको उपाध्यक्ष विजयालक्ष्मी रोकाय, सचिव पार्वती पाण्डे, सहसचिवमा माया मगर र कोषाध्यक्षमा मनसरा सुनार निर्वाचित भएका छन् ।
सञ्जाल बाँकेमा २०५९ सालमा गठन भएको थियो । संस्थापक अध्यक्ष शोभा बिसी हुन् । यसअघि २०७९ मा सम्पन्न चौथो अधिवेशनले एकमाया विकलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।