नागरिक सहभागिता प्राथमिकतामा छ : मन्त्री थापा

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले प्रदेश सरकारको नीति तथा कार्यक्रममा नागरिक सहभागिता अभिबृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।
सुदुरपश्चिम प्रदेशका नागरिक सहभागिता अभिबृद्धीका लागि गठन गरिएको बहु-सरोकारवाला नागरिक संलग्नता तथा पैरवी मञ्चका सदस्यहरुका लागि आज प्रदेश राजधानी धनगढीमा आयोजना गरिएको दुई दिने तालिमको उद्घाटन गर्दै मन्त्री थापाले यस्तो बताउनु भएको हो ।
उहाँले लोकतन्त्रमा नागरिक शिक्षा अपरिहार्य रहेको बताउदै सरकार र नागरिक बिचको सम्बन्धलाई मजबुद बनाउन प्लोटफर्म प्रभावकारी रहने विश्वास ब्यक्त गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयले नागरिक सहभागिता अभिबृद्धिका लागि कार्य गर्ने प्लेटफर्महरुसँग सहकार्य गर्न तयार रहेको जनाउँदै मन्त्रालयमा आएर आवश्यकता अनुसार छलफल गर्न समेत उहाँले अनुरोध गर्नुभयो । प्रदेश युवा परिषद्लाई बलियो बनाउन योजना गरिरहेको बताउँदै प्रदेश सरकार बजेट निर्माणको कार्यमा रहेकाले आवश्यक सुझाव पेश गर्न समेत प्लेटफर्मलाई अनुरोध गर्नुभयो ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा युएनडीपी नेपालका युवराज आचार्यले ःगतिष् क्तबपभजयमिभच ऋष्खष्अ भ्लनबनझभलत ब्मखयअबअथ एबितायचm को उद्देश्य, गठन प्रक्रिया र प्लेटफर्मले गर्ने कार्यको विषयमा जानकारी गराउनु भएको थियो ।
दुई दिन सम्म चल्ने तालिममा एड्भोकेसी प्लेटफर्मका विभिन्न विषयमा युएनडीपी नेपालका युवराज आचार्य, इना केरुङ्ग र बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरिरहनुभएको छ ।
स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोग तथा युएनडीपी नेपालको साझेदारीमा बास नेपालद्वारा सञ्चालित लोकतान्त्रिक सहभागिता प्रबद्र्धनका लागि नागरिक संलग्नता अभिबृद्धि परियोजना अन्तरगत तालिम आयोजना गरिएको हो । तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका २५ जना प्लेटफर्म सदस्यहरुको सहभागिता रहेको छ । तालिम असोज ५ गतेसम्म चल्नेछ ।