कैलालीमा बाढीबारे सचेतना जगाउन गरियो माइकिङ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको बाढी प्रभावित क्षेत्रमा नागरिक स्तरबाट बाढीबारे पूर्वतयारी गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले यही ९ असोजदेखि १२ गतेसम्म भारी वर्षा हुने र बाढी आउन सक्ने पूर्वानुमान सार्वजनिक गरेपछि नागरिक पूर्वतयारीमा जुटेका हुुन् ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा र ब्रिटिश रेडक्रसको आर्थिक सहयोग सञ्चालन जिविकोपार्जन र जैविक विविधताको लागि समुदायको शसक्तिकरण कार्यक्रम अन्तर्गत बुधबार पूवसूचना कार्यदल र च्याम्पियनले टीकापुर नगरपालिकाको वडा नंं ७ का वैदी प्रतिपुर, सुन्दरपुर र दिव्यपुरमा माइकिङ गरेर सूचना प्रवाह गरिएको हो ।
जल तथा मौसम विज्ञान विभागको सूचना आगामी असोज ९ देखि १२ सम्म सुन्दरपश्चिमको हिमाली र पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना भएको सूचनाका आधारमा तराइमा पनि आवश्यक सतर्कता अपनाउनु पर्ने भएकाले सूचना प्रवाह गरेका थिए । समुदायमा पाकेको धान न काट्न दीर्घरोगीका बिरामी लागि औषधि दुई तीन हप्ताको ल्याउन र मौसम सम्बन्धी सूचनाको लागि ११५५ को बारे पनि जानकारी गराइएको थियो । उक्त कार्यक्रमको उद्देश्य भविष्यमा बाढीबाट जोखिम न्यूनिकरण गर्ने रहेको जनाइएको छ । उक्त कार्यक्रममा पूर्वसूचना कार्यदल, च्याम्पियन, समुदाय चिराकी, वडा सदस्य आइतीदेवी सुनार, नेरेसो नारायणपुर उपशाखा सभापति धनसरीकुमारी कोइरालाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अनिता धामीले गर्नु भएको थियो ।