नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा ११२ जनाद्वारा रक्तदान

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायीले उत्साहजनक रुपमा रक्तदान गरेका छन् ।
संघका अध्यक्ष चिरञ्जीवी ओलीका अनुसार नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा शनिबार बिहान आयोजना गरिएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, सदस्यसहित महिला र पुरुष गरी ११२ जनाले रक्तदान गर्नु भएको हो ।

अध्यक्ष ओलीले रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने प्याकेट हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो । संघले रक्तदातालाई प्रमाण पत्र दिएको थियो ।

रगत अभाव हुन नदिन संघले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।