४७ औँ विश्व पर्यटन दिवस : पर्यटनकर्मीले गरे जमुनाहा नाकामा सरसफाइ

नेपालगन्ज : नेपालगन्ज पर्यटन परिषद्ले जमुनाहा नाकामा सरसफाइ गरेको छ । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा परिषद्को संयोजकत्वमा नाटा बाँके च्याप्टर, हान बाँके, होटल व्यवसायी संघ बाँके, होटल सिद्धार्थ, सामुदायिक प्रहरी बाँके र होटल कल्पतरुको सहकार्यमा आइतबार बिहान नेपालगन्जको मुख्य प्रवेशद्वार जमुना नाकामा सरसफाइ कार्यक्रम गरिएको हो ।

​नेपालगन्ज भित्रिने पर्यटकहरूलाई स्वच्छ र सफा वातावरणमा स्वागत गर्नु हामी सबैको साझा दायित्व हो भन्ने मूल मान्यताका साथ सफाइ गरिएको परिषद्का अध्यक्ष केशवराज न्यौपाने बताउनु हुन्छ ।

पश्चिम नेपालमा पर्यटन क्षेत्रको प्रबद्र्धन, विकास, संरक्षण तथा पर्यटन व्यवसायसँग सम्बन्धित सरोकारवालाहरूबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले होटल संघ नेपाल, होटल व्यवसायी संघ बाँके, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ( नाटा) बाँके च्याप्टरको संस्थागत सदस्य रहने गरी २५ भदौ २०८३ मा जिल्ला प्रशासन कार्यालय बाँकेमा नेपालगन्ज पर्यटन परिषद् दर्ता भएको छ । आइतबार नै परिषद्ले नेपालगन्जमा प्रथम साधारणसभा तथा अधिवेशन गर्दैछ ।