८०८ ग्राम ब्राउन सुगरसहित नेपालगन्जमा ३ भारतीय पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्जको चार तारे होटल डायमण्ड प्यालेसबाट ८०८ ग्राम ब्राउनसुगरसहित तीन जना भारतीय कारोबारीलाई पक्राउ गरेको छ ।
जिप्रकाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार उत्तर प्रदेश भारतको बहराइच जिल्ला नानपारा बस्ने वर्ष २६ का रफत खान, ववर्ष २१ का रिजवान अहमद इद्रिसी र वर्ष १८ का माज अहमदलाई पक्राउ गरिएको हो ।
होटलको अप्पर डेस्क रेस्टुरेन्टमा लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिप्रका बाँके र लागूऔषध नियन्त्रण व्यूरो शाखा नेपालगन्जको टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।