एनपीएल : लुम्बिनी लायन्स पुग्यो फाइनलमा

नेपालगन्ज : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साबिक विजेता लुम्बिनी लायन्स फाइनलमा पुगेको छ ।
मंगलबार भएको पहिलो क्वालिफायर खेलमा यस अघिका दुबै संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई लुम्बिनीले ६ विकेटले पराजित गरेको थियो । लुम्बिनीले टस जितेर पहिले बलिङ गर्दै सुदूरपश्चिमलाई १०५ रनमै रोक्यो । सुदूरले ८ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । जवाफमा लुम्बिनीले १६ ओभर ४ बलमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । लुम्बिनीले शनिबार दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।