जमुनाहा हेल्थ डेस्कका ४२ प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

file photo

नेपालगन्ज : बाँकेको जमुनाहा हेल्थ डेस्कका ४२ प्रतिशत स्वास्थ्यकर्मी आफैं कोरोना संक्रमणको चपेटामा परेपछि कोरोना परीक्षणमा समस्या भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार जमुनाहा हेल्थ डेस्कका २४ जना स्वास्थ्यकर्मीमध्ये १० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । जुन कूल स्वास्थ्यकर्मीको ४१.६६ प्रतिशत संक्रमण भएको हो । सीमामा भारतका विभिन्न राज्यबाट आउनेहरुलाई एन्टिजेनबाट कोरोना परीक्षण गरिन्छ । नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव हुन थालेको छ । हरेक दिन भारतबाट आउने औसत ४० जनामा कोरोना पुष्टि भइरहेको छ ।