बाँकेमा परीक्षण गरेका ५० प्रतिशतमा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा माघ लागेसँगै कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार मंगलबार जिल्लाका तीन वटा प्रयोगशालामा १५४ जनाले स्वाब परीक्षण गराएकोमा ७७ जनामा कोरोना पुष्टि भयो । जुन कूल कोरोना परीक्षणको ५० प्रतिशत संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेका छन् ।