टीकापुरका ७६ विद्यालयका १० हजार विद्यार्थीलाई लगाइयो कोरोनाविरुद्धको खोप

टीकापुर : कैलालीको टीकापुर नगरपालिकाका सामुदायिक र निजी विद्यालयमा २ दिनमा १० हजार बढी विद्यार्थीलाई कोरोनाबिरुद्धको खोप लगाइएको छ ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार नगरका ७६ वटा विद्यालयका १२ देखि १७ उमेर समूहका १२ हजार बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरेकोमा मंगलबार ६ हजार ५ सय २४ जना र बुधबार ३ हजार ६ सय २ जना गरी दुई दिनमा १० हजार १ सय २६ जना बालबालिकालाई खोप लगाइएको हो । नजिकैका पायक पर्ने विद्यालयमा खोप केन्द्र राखेर त्यहीबाट खोप लगाउन सकिने प्रबन्ध मिलाइएको रावलको बताए । खोप लगाउनेमा ५ हजार १ सय ३८ जना छात्रा र ४ हजार ९ सय ८८ छात्र छन् ।